Suscribe via RSS

Wednesday, January 07, 2009

B. P. Koirala China Visit

| 2 प्रतिक्रिया |


As I've promised earlier, some months ago, Today I've uploaded some photos of B P Koirala China Visit. Hope you will like this great collection.Prime Minister B P Koirala with Prime Minister of People's Republic of China Chou En-lai (1960).

Prime Minister B P Koirala with Liu Sho-Chi (1960).

Prime Minister Choun En-lai giving a grand banquet in honour of Prime Minister Koirala (1960).

Prime Minister B.P. Koirala accompanied by Primer Chou En-Lai, visiting the Huaijou Reserviour (1960).

Prime Minister B.P. Koirala with bouquets at the peking airport (1960).

Prime Minister B. P. Koirala visiting the imperial Palace (1960).

Vice Major Tsao Ti-chiu giving a banquet in honor of Prime Minister B. P. Koirala and Ganesh Man Singh (1960).

Major Peng Chen presenting gifts to Prime Minister Koirala (1960).

Looking at a model of country planning in the All-China Agricultural Exhibition (1960).

Prime Minister Koirala holds farewell banquet (1960).

Disclaimer: I don't know the photographer and owner of these photos. I've just collected them from various sources and uplaoded it.

B. P. Koirala India Visit is here.


Read more>>

Tuesday, January 06, 2009

Watch Short Movies

| 5 प्रतिक्रिया |

तपाईहरु छोटा छोटा फिल्म या भनौँ मेलोड्रामा, डकुमेन्ट्रि कत्तिको हेर्नुहुन्छ, त्यो त मलाई थाहा छैन । तर आज यहाँ म केही फिल्महरु राख्दैछु, छोटा-छोटा फिल्महरु । समग्रमा भन्दा, एउटा आइसफल प्रोडक्सन नेपाल को नेपाली मुभी "Awaken Eyes" र अर्को एवार्ड जित्न सफल हिन्दि मुभी "Salt 'n' Pepper" यहाँ राख्दैछु । आशा छ, यहाँहरुले रुचाउनुहुनेछ ।

मैले यी मुभिहरु, "अनलाइन मुभि फेस्टिबल" अन्तर्गत कल्चर अनप्लग्ड बाट लिएको हुँ । मलाई अचम्म, लागेथ्यो अनलाइन मुभि फेस्टिबल भन्ने सुन्दा ! आउनुहोस् तपाई पनि विशेष अर्थ बोकेका छोटो मुभिहरु हेर्नुहोस् ।



Awaken Eyes : Director: Binod Paudel | Genre: Drama | Produced In: 2008

Synopsis: Awaken eyes is a piteous story about a newly wedded couple who have a hardest time to get physically connected. Sharing the room with the sick mother really makes the groom and the bride reluctant to have sex on first night of their marriage as they are frequently disturbed with the sick sighs of the mother. Fighting with the obsession of the biological urge they are finally able to make love the following night but the tragedy strikes when they remain aloof of their sick mother's presence.





Salt 'n' Pepper : Director: Mohinder Pratap Singh | Genre: Drama | Produced In: 2007

Synopsis: salt 'n' pepper is story of a young girl who has been dumped in love. She is so dejected that she decides to kill herself. Suddenly a thief enters into her house. She discovers that thief is actually a farmer who essentially is looking for food because he is so hungry. She orders for a pizza. The farmer refuses pizza because he feels that it is pizza that has pushed him to this dire state. What he tells changes the perspective for girl also, so much so that she decides to live on.


Read more>>

Monday, January 05, 2009

धार्मिक हस्तक्षेप नेपालमा : विरोध चर्को भारतमा

| 1 प्रतिक्रिया |

धर्मलाई राजनीतिक सिमानामा बाँधेर बाँध्न सकिन्न । त्यो पनि आजको ग्लोबलाइज्ड समाजमा । तर यस्ता सत्यहरु कम्यूनिष्ट सिद्धान्तले स्वीकार्दैन । अझै अपडेट छैन कम्यूनिष्ट पार्टी, समाजले उत्तरआधुनिकता वरण गरेको अपडेट फाइलहरु उसमा इन्स्टल भएका छैनन क्यारे ! विश्वलाई ग्रामका रुपमा लिने अवस्था बनेको समयमा कामरेडहरु उही धार्नी न बिसौलीका कुरामा अड्किएका छन् । नेपालको कुरा नगरौं यस सन्दर्भमा नेपालका धेरै ठूला नेता भन्नेहरु आफ्नै बारेमा अपडेटेड छैनन् । वास्तवमा कम्यूनिष्टहरु जहिले पनि कन्ट्रोल अल्ट अनि डिलिट गरेरै सट डाउन गर्न खोज्छन् । प्रक्रिया मिलाउने जाँगर छैन । विधि माने पो । खाली बलबाट मात्र समाधान खोज्ने । अहिलेको नेपाली पेरीफेरी हेरेर भन्ने हो भने त सबै भन्दा सामन्तवादी चरित्र भएको दल नै अरुलाई सामन्ती भन्दैछ भन्ने लाग्छ हो ।

माओवादीका हेडक्वाटर महोदयले नयाँ नेपाल र नयाँ जोशको कुरा धेरै गर्नुहुन्छ तर नेपाल भारत सम्बन्धका सवालमा उहाँका धारणा निक्कै पुराना छन् । २००० को भाइरस डिफिनेसनका फाइल जस्ता (म चाहिँ सेमेन्टेकको चलाउँछु, गोप्य कुरो) । नेपाली काँग्रेसले के प्रजातान्त्रिक एकताको कुरा गर्‍याथ्यो कामरेडी माउसले गणतान्त्रिक राष्ट्रवादी एकताको आइकनमा डबलक्लिक बजाइ हाल्यो । अनि नेपाली मानसिकता भारतको विरोध गरे राष्ट्रवादी हुने भन्ने त थियो कामरेडले तत्काल डिलिट बटन दबाए भारतीय मूल भट्टका आइकनमा । पत्तो भएन कामरेडलाई कि सिस्टम फाइल डिलिट गर्न चाहेछन् । धर्म त्यसमाथि आस्था अनि विश्वासको कुरा । इरर नदेखाउने त कुरै भएन । जति इरर आउँछ त्यति कन्ट्रोल अल्ट अनि डिलिट । पशुपतिमा भएको यहि हो । कन्ट्रोल अल्ट अनि डिलिट पनि चानचुने हो र ! वाइसीएल नामक नयाँ सफ्टवेयर नै इन्स्टल गरेर । समाज सँग कम्प्याटिवल नै नहुने अवस्था आयो । त्यसमाथि कन्ट्रोल अल्ट अनि डिलिटलाई रन भइरहेको लिगल डिभाइसले क्यान नट डिलिट दिस भट्ट फाइल भन्न पो थाल्यो त ।

तर कामरेड बन्दुकको बलले संसार कब्जाको यात्रामा लागेका । छाड्ने त कुरै थिएन दिए दनादन । तर पनि सिस्टम चल्न सकेन । खाली इरर मात्र । समस्या थपियो झन । दबाब पनि । एउटा करप्ट फाइल परेछ वाइसीएल राम्रो सँग फंगसन गर्न सकेन । समस्या झन थपियो । त्यो कानुन अनि संविधान भन्ने एन्टी भाइरसले वार्न गर्दा गर्दै पनि नयाँ भाइरसहरु पशुपतिनाथको सिस्टममा घुसाउने प्रयास जारी हुँदा त्यसको विरोध त भारतमा चर्को हुन थाल्यो त । नेपाली दूतावास (खासमा राजदूतावास हो है लोकतान्त्रिक भाषा चाहिँ दूतावास) अगाडी विरोध ।

क्यान गरेका हुन हो नेपालको मन्दिरको कुरामा भारतीयले विरोध - पशुपतिनाथ मक्का अनि भ्याटिकन जस्तो हो भन्ने त बुझेनन् कामरेडी सिस्टमका नयाँ फाइलले । करप्टेड फाइलले राम्रो फंगसन गर्न सकेन क्यार । नेपालका पुजारी भारतमा अनि भारतका पुजारी नेपालमा हुनु धार्मिक सदभाव अनि नेपाल भारत सम्बन्धको भित्री सामाजिक पाटो भन्ने कामरेडी सिस्टमलाई के थाहा - कामरेडी सिस्टम अझै पनि धर्मलाई डाटाबेसको मेमोरीमा सेभ गर्दैन अनि यस्ता कुरामा कामरेडी सिस्टम फेल खान्छ अनि सही रुपमा सिस्टम इन्स्टल नहुँदै कोल्याप्सको खतरा । अब कामरेडी कन्ट्रोल अल्ट अनि डिलिटको विरोध भारत अनि विश्वभर हुनेवाला छ । कामरेड वर्ल्डकै सिस्टम चेन्ज गराउन सक्ने अवस्थामा छैनन् उनी त युजर मात्र हुन एडमिनिस्ट्रेटर त अर्कै पो छ त । कामरेडलाई सुझाव के भने ती सबै पुराना सिस्टम अनि सिस्टम फाइलहरु रि-इन्स्टल गर्नुस् । नयाँ करप्टेड फाइलले काम गर्नेवाला छैन । नत्र होल कामरेडी सिस्टम नै कोल्याप्स होला है !

कामरेडी कन्ट्रोल अल्ट अनि डिलिटका प्रभावहरु कम्प्युटरको माकुरे जालोमा हेनुस् त

१. पशुपतिनाथ मंदिर से बेदखल हुए भारतीय पुजारी

२. पशुपतिनाथ में भारतीय पंडितों का एकाधिकार खत्म

३. नेपाल के पशुपतिनाथ मंदिर से भारतीय पुजारी हटाए गए

४. भारतीय पुजारियों को हटाने पर विवाद

५. पशुपतिनाथ मंदिर से भारतीय पुजारी हटाने पर विवाद

यि नमुना मात्र हुन है । धेरै नै नतिजाहरु राख्ने मन थियो तर लोडसेडिङले सकिएन ।

- कटुवाल बाजे


Read more>>

Sunday, January 04, 2009

कुरा आइटि पार्क को

| 8 प्रतिक्रिया |

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ ।

सायद आइटि पार्क पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् ।
हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भयो । कार्यक्रम मा आइटि पार्क हेर्ने उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) का पदाधिकारीहरु, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब, पत्रकार, स्थानिय निकायका प्रतिनिधहरु तथा आइटि मा संलग्न व्यक्तिहरुको उपस्थिति थियो ।
खास मा आज को कार्यक्रम मुख्य रुपमा, आइटि पार्कलाई कसरी सञ्चालन मा ल्याउने भन्ने विषयमा छलफल भएको थियो । उपस्थित व्यक्तिहरु ले आ-आफ्ना विचारहरु कार्यक्रम को दौरान राखेका थिए । आइटिपार्क मा कसरी कम्पनीहरुलाई आकर्षित गर्ने, कसरी चलाउने, के कस्तो सहुलियत, छुट दिने आदि विभिन्न विषयमा छलफल भएको थियो । आज को कार्यक्रम अब नयाँ रुपमा अगाडि जानलाई निकै नै फलदायी हुने देखिन्छ ।

विभिन्न समयमा माओवादीको बम विस्फोटन बाट आइटिपार्कमा क्षती पुगेको रहेछ तर त्यसको मर्मतसम्भार अहिले सम्म पनि नगरिएको देख्दा साह्रै चित्त दुखेर आयो । आइटिपार्क हेर्ने जिम्मेवारी पाएको आयोग को नाम चाँहि उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) तर काम चाँहि खै, कुन स्तर को गर्‍यो, विश्लेषण गर्न गाह्रै छ ।

हुन त यहाँ, गफ दिने गरेका छन्, सुचना प्रविधी देश विकास को मेरुदण्ड हो तर पनि व्यवहार मा चाँहि, यो कुरा निकै पछाडि छोडिएको छ । यो आइटिपार्क बनाउँदा, यसको पनि एउटा भिजन थियो होला, केही सोचिएको थियो होला, खै ति कुराहरु कता गए ? हुन त, देशमा राजनिति स्थिर नभै’कन केही होला, जस्तो चाँहि लाग्दैन । आइटिपार्क जुन सोचका साथ बनाइएको थियो, त्यो कार्यान्वायन भएको छैन, कारण सरल छ, एउटा सरकारले नियम बनायो, अर्को ले त्यो फाइल कुन दुलो मा लगेर थन्क्यायो थाहा छैन ।


अझ भन्नुपर्दा यो पार्क टापुमा बनाइएको दरबार जत्तिकै भएको छ । हुन पनि सोच्ने हो भने प्रश्न उब्जन्छ - अन्य सुविधाहरु विकास नगरी यहाँ कसरी आइटी पार्क सफल हुन्छ र ? स्पष्ट दीर्घकालिन योजनाको अभावकै कारण झण्डै ३७ वर्ष अघि शुरु भएको नेपालको सूचना प्रविधिको यात्राले अपेक्षित गति लिन नसकेको हो । हरेक वर्ष बजेट भाषणमा गरिने इ गभर्नेन्स, इकमर्श जस्ता ठूलठूला प्रतिबद्धताहरु कागजमै सिमित छन् । गतवर्ष राष्टिय योजना आयोगले जारी गरेको तीन वर्ष अन्तरिम योजनामा सम्पूर्णआइटी क्षेत्रका लागि रु ४० करोड मात्रै विनियोजन गरियो ।

यसले रोजगारी र कारोबारका हिसाबले पनि संसारमै सबैभन्दा बढी अवसर र सम्भावना भएको क्षेत्र , सरकारी नीति निर्माताहरुको आँखामा पटक्कै पर्न नसकेको बुझाउँछ । अहिले सम्म नेपालमा जम्मा ७० वटा मात्र टेलिसेन्टर स्थापित छन् । जब कि १० औँ पञ्चवर्षिय योजनामै १५०० केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको थियो । यता सरकारी कार्यालयहरुलाइ आइटीको सञ्जालमा प्रवेश गराउने घोषणा वर्षौँ अगाडि गरिए पनि एकाध कार्यक्रमहरु बाहेक अन्य कुनै पनि योजनाहरु अगाडि बढेका देखिदैनन् ।

अझै पनि मालपोत,नापीजस्ता सामान्य जनताको पहुँच हुने निकायहरु कागजी 'ढड्डा'मै चलिरहेका छन । त्यसो त नागरिकता पासपोर्ट सवारी साधनको लाइसेन्स वितरणमा पनि सूचनाप्रविद्यिका खासै प्रयोग देखिदैन । भर्खरै 'एक बिद्यार्थी एक ल्यापटप' कार्यक्रमले बजार ततायो र तताइरहेको छ । भएका सम्भाव्यता र अवसरहरुलाइ सदुपयोग गर्न त परै जाओस संसारमै असफल भैसकेका यस्ता महत्वकाक्षी कार्यक्रमहरु लाइ सरकारी स्तरबाटै नेपालमा लागू गर्न खोज्नुलाइ नीतिनिर्माताहरुमा रहेको अदूरदर्शिता झलकाउछ ।

सरकारले त केही गरेन गरेन यहा नीजिक्षेत्रले पनि सम्पूर्णरुपमा सूचनाप्रविधिलाइ अङ्गिकार गर्न सकेको छैन । औपचारिकता निर्वाह गर्नका लागि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्नमै व्यस्त कम्प्युटर एसोसियसन नेपाल ( क्यान ) को उक्त मेला पनि व्यापार मेलामै सीमित हुन पुगेको छ । यसले सूचनाप्रविधिको प्रयोग,विकास र विस्तारमा न त योगदान नै गर्न सकेको छ, न नीजिक्षेत्रलाइ उत्साहि नै ।

गुणस्तरीय जनशक्ति उत्पादनमा हाम्रो देश त्यति कटीबद्ध देखिदैन । सिक्नको लागि कलेज तथा विश्वविद्यालयहरु सर्वसुलभ नहुँदा ज्ञान हासील गर्न थुप्रै युवाहरु धेरै खर्च गरेर विदेसिन्छन र अवसर मिलेमा स्वदेश फर्कन हिच्किचाउछन् । यसले दक्ष जनशक्तिलाइ नेपालबाट धपाइरहेको छ । सरकार तथा सम्बन्धित निकायहरुले श्रृजनात्मक क्षमता बोकेकाहरुलाइ आफ्नै देशमा अवसर मिलाउनु आजको प्रमुख आवश्यकता र चुनौति पनि हो । इन्टरनेट तथा कम्प्युटर को प्रयोग बढेपनि त्यसको उपयोग शहरमा अनि त्यो पनि सामान्य सर्फिङ,च्याट,इमेल र टाइपमै सीमित छ । यसले आइटीको प्रभावकारीता र यसको माध्यमबाट हाम्रो देशले अपेक्षिित लाभ पाउन नसक्नुको रहस्य तफ संकेत गर्छ ।


मुख्य रुपमा अब कसरी आइटि पार्क चलाउने, कसरी कम्पनीलाई आकर्षित गर्ने भन्ने विषयमा आज प्रारम्भिक चरण को छलफल भयो । आज को जोश हेर्दा त, आइटिपार्क छिट्टै नै सञ्चालन मा आउने छनक देखिन्छ । अब नियमित रुपमा, आइटिपार्क मै यस विषयमा छलफल हुने भएको छ, आगामी दिनहरुमा । आशा गरौँ, केही महिना भित्रै आइटिपार्क सञ्चालन मा आउनेछ ।
---------------------------------------------------------
अफबिट:
अस्ति राती, फेसबुक मा अचानक मन्त्री गणेश साह ले च्याटमा भन्नुभयो, म विज्ञान तथा प्रविधि मन्त्री, पर्सी जनवरी ४ मा आइटिपार्क आउ है । हजुर हस्, मैले भने । म छक्क परेँ, ओहो, के रहेछ त्यस्तो आइटिपार्कमा मन्त्री ज्युले नै निम्तो दिनुभयो ।

त्यही भएर आज, बिहान आइटिपार्क लागियो, म अलिकति ढीलो भएछु । कार्यक्रम तल नै गरिएको रहेछ, न्यानो घाम मा , अनि त्यही ३०-३५ जना को उपस्थिति रहेको थियो । म १०-१५ मिनेट ढीलो पुगेको कारण, गेटपाले ले भित्र छिर्नै दिएनन्, भने यहाँ पत्रकारलाई मात्र छिर्न दिनु भनेको छ । लौ, आपत पर्‍यो । मैले भने मलाई मन्त्री ज्यु ले नै बोलाउनुभएको हो, उनी मैले भनेको के पत्याउँथे र ? अनि भित्र पहिले नै पुगेका एक साथीलाई फोन गरेर गेट मा बोलाएँ, अनि भित्र छिरियो ।

कार्यक्रम मा लामै छलफल भयो, सबैले आ-आफ्नो धारणा राखे, मैले चाँहि चुपचाप सुनिरहेँ, अब बोल्न को लागि पनि केही त थाहा हुनुपर्‍यो । मन्त्री ज्युले बोल्दा, मलाई तथा अन्य दुइ साथीलाई जोड गरेर बोलेको देख्दा, म मात्र हैन, उपस्थित सबैजना छक्क परे । मन्त्री ज्यु ले, मैले यिनीहरुलाई बोलाएको हुँ भन्दा, सबै छक्क परे । अनि हामी छक्क नपर्ने कुनै कारण नै थिएन ।

कार्यक्रम पछि, आइटिपार्क घुम्ने योजना अनुरुप सबै घुम्न लागे, म पनि जानै लागेको थिँए, वनेपाका रेडियो एबिसी एफएम का मधुसुदन गुरागाई ले मलाई हिँड्नै दिएनन् । मैले केही समय पहिले फेसबुक मा लेखेको कारण उनी रुष्ट हुन पुगेका रहेछन् । वनेपा को रेडियोले सबै फ्रिक्वेन्सी ढाकेर अरु रेडियो सुन्न डिस्ट्रब गर्‍यो भनेर मैले फेसबुक मा लेखेको थिएँ । त्यही कुरामा चलेको बहस का कारण उनीलाई रिस उठेको रहेछ । मैले जति भन्न खोज्दा पनि, उनले आफ्नै कुरा माथि पारे, मैले चुपचाप सुनिरहेँ । यता यसो भैरहँदा, माथि मन्त्री ज्युले चाँहि मेरो खोजी गरिरहनु भएको रहेछ, आकार खै भन्दै । म थिँए, यहाँ रेडियोको सम्बन्धमा डिस्कस गर्दै, त्यही भएर मन्त्रि ज्यु सित अनौपचारिक कुराकानी हुन भने पाएन । समग्रमा भन्दा, निकै अचम्म कै विच बित्यो आज को दिन ।

आइटि पार्क बारे यहाँ क्लिक गरि बुझ्नुहोस् ।


Read more>>

Friday, January 02, 2009

ब्लड प्रेसर बाट बचौँ

| 6 प्रतिक्रिया |

केही समय पहिले मैले, मनोज गजुरेल को फेसबुक मा देखेको कुरा यहाँहरुलाई पनि देखाउँदैछु । ब्लडप्रेसर र हार्ट एटेक बाट बच्ने उपाय निकै सरल रहेछ, तर नेपालीहरु यस्तो बानी सिक्दै सिक्दैनन् ।

कृपया ध्यान दिनुहोला । ब्लडप्रेसर बाट बच्ने उपाय यहाँ फोटो मा देखाउँदै छु ।

(click on photo for larger view)

छैन त गज्जब को आइडिया !!!


Read more>>

Wednesday, December 31, 2008

भाषा ले जोडेको नाता

| 5 प्रतिक्रिया |

सन्दर्भ भुटान र वर्माबाट लखेटिएर नेपाल र थाइल्याण्ड लगायतका देशहरुमा शरणार्थीको जीवनविताइरहेका नेपालीहरुसँग भेटघाटको हो जसलाइ अमेरिकाले हालसालै भित्रायो।

भुटानबाट करिब सत्र वर्ष अगाडि विस्थापित भइ शरणार्थीको रुपमा नेपालमा आश्रय लिइ बसेका एक लाख भन्दा बढि शरणार्थी मध्य करिब साठ्ठि हजारलाइ अमेरिका ल्याउने नीति अन्तर्गत केहि परिवार upstate New York आइपुग्नु भएको रहेछ। हाल सम्म करिब सात हजारले नेपालछोडिसकेका रहेछन् र यो प्रक्रिया जारी छ।



अमेरिका प्रवेश पश्चात एउटा चर्च र गैरसरकारी सँस्था माफत वहाँहरुको हाल अस्थाइ व्यवस्थापन भैरहेको रहेछ। वसोवास र व्यवस्थापनको सहयोग गर्ने व्यवस्था पनि रहेछ। यस अवधिमा स्थानिय जिवन यापन र जागिरको व्यवस्था भै जीवन सुलभ हुने वहाँहरुको विश्वास छ।

आफ्ना देशबाट विभिन्न शिलशिलामा पृथ्वीको अर्को कुनामा जिवन यापन गर्दै गरेका मानिसहरुको भेटघाट जुराउने कार्यक्रम आयोजना गरेकी थिइन सिन्थिया दिदीले। सिन्थिया दिदी र उनकापति टम दाइले नेपालको दुर्गम गाउँमा करिव तीस बर्ष् सर्जनका रुपमा सेवा गरिसक्नु भएकोछ। वहाँहरु हाल न्युयोर्क मै हुनु हुन्छ। नेपालमै आफ्ना दुइ सन्तान हुर्काउनु भएको ती दम्पतीलाइ नेपाली भनेपछि औधि माया लाग्छ ।



Volunteer हरु पनि नेपालीहरुको मिजासिलोपन बाट दँग नै देखिन्थे। एकातिर विदेशमा सँघर्ष गरिरहेका नेपालीहरुले आफ्नो सन्तानलाइ नेपाली भाषा तथा मातृभाषा सिकाउने अवस्था नभएको भन्दै अँग्रेजी लगायतकाभाषा सिकाउँदै गएको स्थिती छ भने अर्को तिर पुस्तौं पुस्ता विदेशमा रहेर पनि नेपाली भाषा प्रति उहाँहरुले देखाउनु भएको मोह प्रति म कृतकृत भएँ ।

नेपालमैं पनि हाल विविधता र अनेकताका थुप्रै नाराहरु लागि रहेका छन् र नेपाल भित्रै जनजाति तथा भाषा भाषीहरु आन्दोलित अवस्थामा छन् भने अर्को तिर नेपालमा नरहेर पनि वहाँहरुकोभाषा मोह भँग भएको छैन। भाषा कै कारण पनि लखेटिनु परेको छ ।(मातृभाषा लगायतका विवादका कुरा पछि गरौंला।)

पक्कै पनि अबको प्रश्न भनेको सात समुन्द्र पारी वहाहरुले आफ्ना सन्तानलाइ आफ्नो परिचय कुन रुपमा स्थापित गर्नु हुनेछ भन्ने हो। एकातिर अत्यन्त प्रतिस्पर्धात्मक समाजसँग वाँच्नु छ भनेअर्को तर्फ आफ्नो परिचय जोगाउनु छ। विश्व आर्थिक मन्दि र वेरोजगारीले अमेरिकालाइ नराम्ररी गाँजेको बेला अमेरिका पुगेकासम्पूर्ण नेपाली भाषी शरणार्थी प्रति समर्पित।

- नविन कुमार मालाकार
(लेखक, Albany State University of New York, मा भौतिक शास्त्रमा PHD गर्दैहुनुहुन्छ ।)


Read more>>