जब-जब “मधेस समस्या” भन्दै मधेसी दल ले “एक मधेस एक प्रदेश”को कुरा उठाउँछन्, मेरो कन्सिरी तातेर आउँछ । मनगढन्ते तथ्याङ्कको आधारमा मधेसीनेताहरु नेपालको पूर्व पश्चिम फैलिएको तराइको समथर भूमीलाई “मधेस” बनाउने कुरा गर्दैछन् । उनीहरु “एक मधेस एक प्रदेश” चाहन्छन्, जुन असम्भव छ ।
तराईलाई “एक मधेस एक प्रदेश” बनाउन जातिय तथा भौगोलिक रुपमा नै असम्भव छ । ती मधेसीनेताहरुले कसलाई मधेसी भनिरहेका छन् ? जबकी तराईमा ठूलो संङ्ख्यामा रहेका थारुहरु मधेसी होइनन्, मिथिलाबासी मधेसी होइनन्, भोजपुरी भाषी मधेसी होइनन्, अनि पहाडियाहरु मधेसी होइनन् । के यादव, महतो, त्रिपाठी र ठाकुरहरुलाई मधिसे भन्ने हो ? यदी हो भने, उनीहरुको संङ्ख्या कति छ नेपाल मा ???
म त भन्छु, “म तराईमै जन्मे अनि तराईमै मै हुर्केँ, त्यसैले म तराईवासी हुँ, तर म कदापी मधेसी अनि मधेसवासी होइन, किनकी म मधेस भन्ने ठाउँ नेपाल मा अस्तित्वमा छ भनेर मान्दिन” । मलाई थाहा छ त केबल, हिमाल, पहाड र तराई प्रदेश । के भौगोलिक रुपमा नेपाललाई ३ क्षेत्र हिमाल, पहाड र तराई मा विभाजन गरिएको हैन र ? यसो हुँदा-हुँदै यो मधेस भन्ने शब्द कहाँबाट आयो ? साथै मधेसी नेताहरु ले भन्ने अर्को कुरा छ, “२४० वर्ष देखि पेलिएका” अचम्म लाग्छ, तिनीहरु २४० वर्ष अघि चाँहि कहाँ रहेछन् त (नेपालमा त पक्कै हैन होला ) ???
यहाँ मेरो सरोकारको विषय मधेसी भनाउँदा नेताहरुले राखेका अन्य माग का सम्बन्धमा नभइ, ऊनीहरुले लगाउने धुँवादार नारा “एक मधेस एक प्रदेश” का विरुद्ध मात्र हो । यसोभन्दा कसैले पुरातनवादी सोच भएको भन्लान्, कसैले यसो, कसैले त्यसो भन्लान्, तर मलाई कसले के भन्ला मतलव छैन किनकी राष्ट्रिय स्वाभिमान र अखण्डता मा आँच आउने कुनै पनि कुरा म सम्झौता गर्न सक्दिन । अनि जन्मैदेखि तराईबासी नेपाली रहेको मेरो परिचय अघोषित रुपमा भारतिय बनाउन चाँहदिन, म मेरो अस्तित्व र आकार गुमाउन चाहन्न ।
जातियताको राजनिति सुरु भएकोले पनि यो “एक मधेस एक प्रदेश” को माग असम्भव छ । सयौँ को संङ्ख्यामा विभिन्न जातजाती रहेको नेपाललाई जातियता को रुपमा कति भागमा टुक्रा पार्ने ? के कसैसित आँकडा छ, नेपालमा कतिवटा प्रदेश बनाउनुपर्छ होला जातियताको आधारमा ?
अहिले भर्खरै पनि मधेसी नेताहरुले यो माग पुरा नभएसम्म संविधान सभाको बैठक चल्न नदिने घोषणा गरेकाछन् । यो कुरा कोइरालाको राजिनामा को घोषणा सँगै उठेकाले कतै कांग्रेसकै चाल त हैन भन्ने भान परेको छ । जेहोस माओवादी र नेकपा एमाले ले “एक मधेस एक प्रदेश” को माग पुरा गर्न नमिल्ने र गर्न पनि नसकिने भनेर अडान राखिदिएको धन्यवाद छ ।
मधेसका नाम मा उठाइएका कतिपय मागहरु जायज होला तर राष्ट्र टुक्र्याउने चाललाई त टुलुटुलु हेरेर बस्न सकिँदैन । त्यही भएर थरुहटले “एक मधेस एक प्रदेश” को विरुद्ध आन्दोलनको घोषणा गरिसकेको छ, त्यस्तै “चुरे भावर” पनि लागिसकेको छ “एक मधेस एक प्रदेश” का विरुद्ध ।
“एक मधेस एक प्रदेश” हुन नसक्ने केही कारणहरु:
-१ हजार किलोमिटर लम्बाइ र २५-३० किलोमिटर चौडाइ हुने “एक मधेस एक प्रदेश” को कुरा भौगोलिक अनि प्रशासनिक रुपमा असम्भव छ ।
-तराईको सम्पूर्ण समतल भू-भाग एउटा प्रदेश अनि पहाडि क्षेत्र अरु प्रदेश हुन असम्भव छ । साथै, तराई को समतल भूमी “मधेस” हुँदै होइन ।
-इतिहासमा पनि मधेस राज्य थिएन, विगतका विभिन्न कालखण्डमा थियो त केबल मिथिला, तिरहुत, अबध र भोजपुरी राज्य ।
-साँस्कृतिक रुपमा हेर्ने हो भने, तराई मा कुनै मधिसे सँस्कृति छैन बरु मिथिला,भोजपुरी, अबधी तथा मुस्लिम सँस्कृतिहरु छन् ।
-मधेसी भाषा भनेर किटान गरिएको कुनै भाषा छैन, तराईमा छ त केबल मैथली, भोजपुरी, अबधि तथा नेपाली भाषा । दर्जन भन्दा बढि विभिन्न थरीको भाषा बोल्ने समुदाय रहेको तराईलाई “एक मधेस एक प्रदेश” बनाउनु पुर्णतया असान्दर्भिक छ ।
-“एक पहाड राज्य” नभएजस्तै “एक मधेस राज्य” पनि हुँदैन ।
-पूर्व मेची देखि पश्चिम महाकाली सम्म ठाउँअनुसार जातजाती, सँस्कृति, रितिस्थिति, बोलीचाली फरक छ ।
-आर्थिक रुपमा हेर्दा करिब ७० प्रतिशत कलकारखाना तराइमा छन् र देशको करिब ४८ प्रतिशत जनता तराइमा बस्छन् । अत: पहाड र हिमाललाई वाइपास गरेर तराईलाई “एक मधेस एक प्रदेश” बनाउन सकिँदैन ।
-हाम्रो देशको राजनितिलाई दिल्ली ले असर गर्ने गरेको छ, अत: “एक मधेस एक प्रदेश” को नारामा भारतको हात छैन भन्न सकिँदैन । यो मधेसीको भन्दा पनि भारत को एजेण्डा जस्तो लाग्छ । (“Take at first only half” policy of RAW in contrast to “take whole” policy used in the past in case of Sikkim and Bhutan)
-सबै मधेसी, जातजाती बराबर अधिकार चाहन्छन्, समानता चाहन्छन्, सबैलाई नेपालीहुनुमा गर्व छ । मधेसीहरु समानता र सम्मानका लागि लडेकाछन् तर ग्यारेन्टि गर्न सकिन्छ, मधेसी जनताहरु “एक मधेस एक प्रदेश” का बारेमा अनभिज्ञ छन् र “एक मधेस एक प्रदेश” चाहँदैनन् पनि । यो त माथिका नेताहरु अरुको ईशारा मा चम्केका मात्र हुन् ।
-“एक मधेस एक प्रदेश” ले समस्या सुल्झने नभइ झनै समस्या चर्कने र गृहयुद्ध हुने खतरा बढेको छ । कारण तराईमा दर्जन भन्दा बढि मधेसी मुक्ति मोर्चा का नाम मा खुलेका हतियारधारी संगठनहरु छन् । साथै, तराई रक्षा बाहीनी, थारू कल्याणकारी नामक सगंठनहरु छन् भने चुरे भावर ले पनि “शान्ती सेना” नामको सेना बनाइसकेको छ ।
Releated Post : Single Madhes State ?
* (नलेखौँ भन्दा पनि लेख्नै पर्ने) !
परीक्षा को समय छ, ब्लगमा नलागौँ भनेको तर किन-किन त्यत्तिकै कन्सिरी तातेर आउँछ, जब मिडियामा मधेसका समस्या भन्दै मधिसे नेताहरु कराउन थाल्छन् । अचम्म लाग्छ, कहिले तराई नटेकेका पत्रकारहरु मधेस समस्या भन्दै मधिसे नेताहरुले उठाएका नाजायज मागहरु वकालत गरिरहेकाहुन्छन् । *
श्री पशुपतिनाथले कल्याण गरुन
3 hours ago

19 प्रतिक्रिया:
धन्यवाद आकारजी , भलै म अहिले अमेरिकामा बस्छु । मलाई मेरो देश प्यारो छ , मेरो देशमा मेरो तराई प्यारो छ र तराईमा मेरो जन्मथलो प्यारो छ । हाम्रो तराईलाई एक मधेश एक प्रदेशको नारा दिएर अलग्याउन ( भन्नलाई निश्चित समुदायको हित भनिन्छ ) खोजिएको कुरा छ मलाई पनि पट्टक्कै चित्त बुझ्दैन ।
तपाईंको यो लेख पढ्दा राम्रो लाग्यो । साँच्चै हो तराई के हो भनेर जान्नुबुझ्नु नगरी नै काठ्माण्डौका पत्रकारहरु यो विषयलाई ज्यादा महत्व दिईरहेका छन् ।
दामी छ आकारजी ! मधेशी भनाउँदा इण्डियन सबैलाई चारपाटा मुडेर चार भञ्ज्याङ् कटाउनु पर्छ ।
tin jana maanche:
Rajendra Mahato, Upendra Yadav ra
Mahanta Thakur lai Yamaraaj le bolaako jasto cha. khoi ta mera madhesi saathi haru ta tinlai bhanda baru Maobadi party lai biswas garchhan. testai lai ke neta bhanne, pahile pahile gaaun kaa maanche bhaandthe, ahile deshai bhaadne sur maa chhan chor haru.
thaadai hang gare huncha sale harulai!
एकदमै चीत्त बुझ्ने गरि करिव करिव मेरो मनकै कुरा लेख्नु भएको छ ।
मैले नबुझेको हो की अरुले धेरै बुझेको हो मलाई त "मधेश" मात्रै हैन नेपाल जस्तो सानो देशको लागी यो "प्रदेश" भन्ने शब्द नै ठिक लागेको छैन ।
हो देशको स्रोत र वित्तीय संसाधनको निश्चय पनि नै समानुपतिक रुमा बाँड-फाँड हुनु पर्छ तर त्यसको लागि भारतको यौटा राज्य वा चीनको कुनै पनि प्रान्त भन्दा कैयौ गुना सानो आकारको नेपालमा प्रादेशिक सरकार र प्रान्तिय निकायको गठन आम्दानि भन्दा खर्च बढि हुने र सिधै भन्दा नचाहिने तमासा जस्तो लाग्छ मलाई ।
हालको १४ अञ्चल र ७५ जिल्लालाई समानुपातिक रुपमा स्रोत र साधनको बण्डा गरेर विकेन्द्रिकरणलाई सहि अर्थमा लागु गरे यो सानो देसमा यस्तो नौटंकि गर्ने कुनै गरुरत देख्दिन म।
जे होस निक्कै संबेनशिल बिषयमा सहि बिचार दिनु भएको छ । धन्यबाद् ।
huna pani tarai basi haru lai 'madhesi' bhanera kamta hepeka chainan pahadi bhanauda haami haru ley. Ma pani ek pahad ma janmako manchey..
bacchai dekhi dekheko kura, sab thula bada bhanauda haru ley pakkai pani hepeka chan uni haru lai.. tarkari chorney, gaali garney, pitney..
ani ma sodhtey, kina teso gareko ani mailey jawab pauthey, 'tini haru dhoti, sala, indian'..
ma sochthey, ho ki kya ho sab kalo barna ka suketey , chyansey haru indian matra bhanera.. tara pachi buchda ta uni haru Nepal kai po rahechan.. ani ta maya laagna thalyo..
pachi samaan kinda pani 2-4 rupiya badhi nai dina thaley..
yi hun bastavikta ka kura haru..
ani pradesh bhanna ley k bujhnu bhako cha mitra haru ley khai, malai chahi yoh kathmandu ko centralization matra ley chitta bujheko chaina,..
Ek Madhesh Ek Desh ta bhaneka chainan. K euta republic desh ma pradesh huna sakdaina, Republic Republic bhanchan, tara sab murkha neta haru kehi thaha chaina kun charo ko naam ko republic bhaneko..Statemanship didai ma k huncha ra. Eutai sarkar ley sabbai thau ko marka bujhna asambhav cha ahiley ko jamana ma, tesailey, euta 'rajya/pradesh sarkar' ko sthiti parikalpana garnu parney awastha cha ahiley, natra Nepal sadhai tehi kuwa ko byaguta huncha..
Presidentship euta ley chalaunchan, state aru ley nai chalaos, tehi ko gaathey kura..
Hernus, dhilo chado yo kura sabley mannai parcha., Himali pradesh,pahadi pradesh ra tarai pradesh hunu ma kehi gadbadi dekhdina ma jaba desh ek nai rahancha bhaney. yo sab nakkaley neta haru sanka matra ho..
Ani baahunbaad ley gadheko yoh thau ma jasley malai pani bela bela ma 'Bhotey' bhanera gijauthyo, tyo pida malai pani thaha cha. Bhot bata na aako bhaye pani sahi, thikai cha, descendant nai bho ani saharsha swikaryo, haami bhotey.
Saathi ho, yug pariwartaan hudain cha, sabaiko maag sunney bela ho, maag thoparney hoina.. jasto laagcha,.. madhesi haru madhesi lai nai raaj garun.. bhaney thikai cha
Madhesi sabda kaha cha bhanney kura sabda ma na khojau, yo sab tapai/hamrai mann bhitra cha. bekar ka kura haru
nepal ka students haru sab Andolan ma ani, kasari padhun chahiney-bujhnu parney kura haru, baru ,
what is republic bhanney compulsory paath suru garey huncha kyarey..
यो मदेसबादी दल हरुको माग जाएज नै छैन त्यसैले यस्तो माग कुनै पनि हालत मा पुरा हुनुहुदैन
Sorry मै हिन्दी मैं ही लिख रही हुँ, पर अगर हम यह बात “कि वो भी नेपाली है मधेसी नही पहेले समझ जाते तो यह सब होता ही नही, ऐसा नही हे कि मै उन लोगो के साथ हुँ पर हर एक बात कि हद होती है हर किसी को अपनी मर्यादा ओर अपनी जन्मभूमी प्यारी होती है, हम (कुछ age मै बडे लोग ओर कुछ पढे लिखे भी) जब उन लोगो को मधेसी जिस तरीके से बोलाते हें as a human मुझे सचमुच मै बुरा लगता है ओर जब मुझे इतना बुरा लगता है तो आप लोग तो खुद इतने समझदार है आप खुद ही सोच लिजिए कि अन लोगो को कितना बुरा लगता होगा।
यहाँ मैले कसैलाई हेप्ने किसिम ले अनि जायज मागहरु पनि पूरागर्नुहुँदैन, भन्ने कुरा गरेको छैन । मलाई थाहा छैन, कतिजनालाई थाहा छ, तराई को अहिले को स्थिति । तर मलाई केही हदसम्म अहिले को स्थिती कस्तो छ भन्ने थाहा छ । म यहाँ मात्र "एक मधेस एक प्रदेश" हुनुहुँदैन भन्ने कुरा गर्दैछु । नबिन जी, गणतन्त्र भन्दै मा के देशलाई काँक्रो को चिरा जस्तो बनाउने ? अनि,दिपा जी, तपाईले हिन्दिमा लेख्दैमा केही आपत्ति छैन, तर कुरा यत्ति बुझ्नुस कि "एक मधेस एक प्रदेश" कुनै पनि हालतमा असम्भव छ । म पनि भन्छु, उनीहरुले उठाएका केही जायज मागहरुलाई सरकारले चाँडो पुरा गर्दिनुपर्छ, तर "एक मधेस एक प्रदेश" होइन ।
सही विषय उठाउनुभएकोमा धन्यबाद! नेपालभित्रै रहनुभएकोले तपाईँलाइ वस्तुस्थितिको बढी ज्ञान होला पक्का पनि।
तराईका अरु सबै यावत समस्याहरु बिर्सेर यो तुक न तालको 'एक मधेश-एक प्रदेश'को नारा रट्न थाल्छन् नेताहरु भने त्यहाँ केहि न केहि खेल छ पक्का पनि। यो स्थितिमा
तपाईँको विश्लेषण र विचारसंग पूर्ण सहमत छु म। यो मागलाई अनावश्यक रुपमा बढी उठाइरहेका छन् यदि भने उनीहरुले तराई र समग्र नेपालकै भविष्यमाथि खेलवाड गरिरहेका छन्।
परीक्षामा सफलताको कामनासहित समयहुँदी यसबारेमा अरु जानकारीहरु पाउने आशा पनि गरेको छु।
kunai euta kaam/udeshya pura garna lai gaaro huncha bhaney, teslai arkai upaya ley thalnu parcha.
kankro ko chira thanney ho bhaney, America lai 50 chira thaney huney bho, China lai hajaarau provinces ko chira thaney bho, India lai pani rajyai-rajya ko chira thaney bho.. j hos, mero bhitri bujhai chahi k ho bhaney, nepal ma chuttai chuttai decentralized statesmanship hunu parcha, hoina bhaney kehi pani huney wala chaina.. yesko matlab lai utlo nabhujnus.. desh lai tukra parney bhanney ta kurai aaudaina ni..
ek hisab ley nasochau mitra, yeso dus tira bata euta bastu lai herey dherai kura ko gyan huncha. teti bhannu ho mero..
aru ta khas kehi chaina..
पक्कै पनि नेपाल मा केन्द्रिकृत प्रणाली छ, सबै सेवा-सुबिधा, प्रशासन, कार्यालय सबै नै काठमाडौँ मा छन् । यो पक्कै पनि विकेन्द्रिकरण गर्नैपर्छ, म गर्नुहुँदैन भन्दिन । अहिले मूल रुपमा उठेको मुद्दा भनेको "एक मधेस एक प्रदेश" जुन चाँही असम्भव छ । "एक मधेस एक प्रदेश" मात्र हुनु-हुँदैन भनेर मात्र मैले उठाएको हो ।
साथै, अरु देश मा कति राज्य अनि प्रान्त छन्, त्यो मेरो सरोकार को विषय होइन । मात्र यती भन्छु कि, "अहिले को स्थिति के छ, अनि के भैरहेको छ?" भन्ने कुरा पहिले बुझ्नु उत्तम हुन्छ । भन्नको मतलब रियालिटिमा के भैरहेको छ ? तराई मा अहिले के भैरहेको छ? साथै, यस पोष्ट मा भनिएको कुरा एकपटक दोहोर्याएर पढे केही कुरा क्लियर हुन्थ्यो कि, नविन जी ??? यसमा मात्र "एक मधेस एक प्रदेश" को सम्भावना नभएको कुरा गरिएको छ ।
I agree with you Aakar.......Madhes is not the holistic representation of all the inhabitants of Terai region.
It's nice to see people finally starting to raise voices on fairness and equity, but those voices should not be driven by the vested political interests.
And,
It should always be Nepal's Terai, not Nepal and Terai
यो दाइ ले किताप् पढ्दा त हिमाल, पहाड , तराइ ...
भनेर पढेको हो क्यारे, आचेल त के के नया प्र देश को कुरो पो सुन्छु त!
SOMETHING IS GOING BAD...
Dear All:
Thank your very much for reading this post....
update
मधेशको मागबिरुद्ध आन्दोलन घोषणा
पूरै तराईलाई मधेश मान्नुपर्ने मधेशवादी दलहरुको मागबिरुद्ध तीन दलले आन्दोनलको घोषणा गरेका छन् । तराईलाई मधेश मानिए देश बिखण्डन हुने बताउदै ती दलले असार २० गते तराई बन्द गर्ने घोषणा गरेका छन् । असार १८ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम असार २० गते नै घोषणा गर्ने उल्लेख गरे । यसरी आन्दोलनको घोषणा गर्ने दलहरुमा केशवप्रसाद मैनाली अध्यक्ष रहेको चुरे भावर राष्ट्रिय एकता समाज, लक्ष्मण थारु अध्यक्ष रहेको थरुहट स्वायत्त राज्य परिषद र उपेन्द्र गच्छेदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक समाजवादी दल छन् ।
dhilo chado, tini haru ley sab ko maag sunnai parcha, ek-madhesh-ek-pradesh ley desh tukricha jasto chahi malai laagdai-laagdaina..
artha ko anartha nikalna khapphis kaangres chor, usko pachadi tapar-tuiya bhayera bhedo jasto rataan haanney haru lai, samaya ley chaddai paath padhauney cha..
10 barsa agadi nepal ma ganatantra aaye,desh bhaadincha bhanney Kaangress chor haru ahiley, ganatantra leuna ma usko den cha rey, usko haath cha bhancha, testa ko kura ajjhai pani sunney ra saathi haru?
logic lagaunu, phichadiyeka lai pani mauka dinu parcha, hoina bhaney kaangress ley sochya jasto, dhani jhan dhani, garib jhan garib hundai jaancha hai ani desh kahi nabhako khaadal ma jakincha..
aakar ji, tapai ko post ma pheri chuttai update garnu parney din dherai tadha chaina, jasma lekhiyeko hunecha ,'nepal lai harek janjati,samuha aadi bishesh ko aadhar ma swayatta ko adhikaar..'
tyo din parkhi ra chu.. ani chadai President ko pani nirkyol hos, pokhara ,birgunj sab ma international airport banos, ganatantric shakti ko bikendrikaran hos, chittai..
dhila huna laagyo bhaney, Nepali Kaangress ka 2-4 jana ku-buddhi neta haru lai Yuwa haru ley paakha laaunu parcha..
tetra tyre, andolan garney haru ley, kina chahi, kaam nalaagney chor neta haru lai pakha launa sakdainan, tehi achamma laagcha ba,
"मुखमा राम-राम, बगलीमा छुरा" भएका कारण ले ek-madhesh-ek-pradesh को माग पुरा भए हाम्रो दुर्भाग्य हुन्छ, नविन जी ! स्थिति त्यस्तै देखिन थालेको छ, अनि अर्को कुरा भविष्यमा यहाँले भनेजस्तै लेख्नुपर्ने स्थिति पनि आउनसक्छ ।
hey aakar, great blogging!! this is a right moment to listen what international history speaks about us. nepal's development relies on its southern region. there is no option left for that.
nepal's northern region has tremendous prospective of tourism and research but it has comparatively low agricultural potential. however, thanks to its tough topography that Nepal was never a British colony.
let me quote an issue published by BBC History Magazine (july 2008):-
"Its (Nepal's) predominantly mountainous terrain (and associated low agricultural potential) made the territory unattractive to 19th century British empire buliders. The challenging topography meant that occupying Nepal would have been militarily and administratively expensive, while the low agricultural potential meant that tax revenues to cover those expenses would have been inadequate. What's more the mountainous terrain (and resulting poor communications), together with the poor resources, helped create an ethnically diverse society in which localised warfare and raiding was a way of life. This in turn, led to the development of deeply rooted warrior traditions. Indeed, local fighting prowess was another reason that the British avoided colonising Nepal."
aakar, it shows that history of nepal would have been different if it was more about plain land like India.....little plains we have seem unsafe too.....
history is history....bitter or sweet it may be.....we should learn the true history of nepal before letting any region fulfill their demands and deal accordingly.....
Demand of Upendra panel is just the further implementation of Neharu's security plan for India, according to this doctrine, Nepal, Bhutan and Sikkim should be kept within the map of India so great Himalayan mountains will be the natural boundaries for India. Just the Nepal is left to fulfill this plan. Indian channel put the map of Nepal into Indian map but our Govt. says nothing, even Maoist has no objection!! Fuck you all politicians! Go to Hell!!
Aakar Bhai, you are doing great job.I'm always ready to help your mission of "Save Nepal" in any way.
It's a fight of survival for us-Nepali who "miracally" escaped to be swallowed by "Big Brothers" like British and Indian Imperialism in the 19th and 20 th centuries. This country is not only our motherland but also"Naso" of our "Grandfathers and GreatGrandfathers".
Post a Comment